बारको निमन्त्रणालाई अस्वीकार गर्नै नसक्ने अवस्थामा पुगेकै हुन् त न्यायाधीशहरू?

काठमाडौँ - आज सर्वोच्च अदालत बन्द गरी अदालतका सबै न्यायाधीशहरू बारको कार्यक्रममा सहभागिता जनाउन प्रज्ञा प्रतिष्ठान पुगेका छन्।

नेपाल बार एसोसिएसनको आयोजनामा आजबाट काठमाडौंमा सुरु भएको १५ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्‍घाटन समारोहमा सहभागी हुन्, सर्वोच्च अदालतका न्यायाधीशहरू आफ्नो काम कर्तव्य र धर्म छाडेर प्रज्ञा प्रतिष्ठानतिर लागेका छन्। न्याय सम्पादनको लागि केही कसर बाँकी नराख्ने र जनताको न्याय पाउने अधिकार सुनिश्चित गर्ने सपथ खाएर नियुक्त भएका न्यायाधीशहरू, अदालत ठप्प पारेरै बारको कार्यक्रममा पुग्नुलाई लापरबाहीको रूपमा हेरिएको छ।

न्यायाधीशहरू नेपाल बारको कार्यक्रममा सहभागी हुँदा, आजका अधिकांश मुद्दा प्रभावित भएका छन्। न्यायाधीशहरूलाई सार्वजनिक कार्यक्रममा अतिथिका रूपमा बिरलै भेटिन्छ र अतिथिका रूपमा निमन्त्रणा आउँदा पनि अधिकांश न्यायाधीशहरूले ससम्मान आउन नसक्ने उत्तर पठाउने परिपाटी रहँदै आएकामा यतिबेला भने न्यायाधीशहरूले अदालत र जनताप्रतिको आफ्नो अकाट्य जिम्मेवारीलाई छेऊ लगाई बारको कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्। न्यायपालिकाभित्रैका एक अधिवक्ताले नाम नखुलाउने सर्तमा प्रश्न गरेका छन्, “न्यायाधीशको काम बेन्चमा बसेर मुद्दा हेर्ने कि मञ्चमा बसेर कार्यक्रम?”

संवैधानिक कर्तव्य र आफ्नो प्रथम जिम्मेवारीलाई समेत भुलिरहँदा 'नेपाल बारको निमन्त्रणालाई अस्वीकार गर्नै नसक्ने अवस्थामा न्यायाधीशहरू पुगेका हुन् त?' भन्ने गम्भीर सवाल उब्जिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×