नेपाल टस जितेर फिल्डिङमा

काठमाडौँ - नेपाल र यूएईबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आजको खेलबाट अर्जुन साउद र हरिशंकर साहले नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन्।

नेपालले यूएईसँग आज, कात्तिक ३० गते र मंसिर २ गते काठमाडौंमा खेल्दैछ।

आजको नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुलसनकुमार झा, हरिशंकर शाह, कुशल भुर्तेल, ललितनारायण राजबंशी

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×