काठमाडौँ - भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली टोली दिउँसो ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।
भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल २ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार व्यहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो। प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो। यस्तै, भारतसँग ८-० ले हार्दा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो।
भारतले फाइनलको यात्रा तय गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको थियो। उपाधिका लागि भारत र बंगलादेश भिड्ने छन्।