आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज (बुधबार) एक खेल हुँदैछ । आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच हुँदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुनेछ ।

जारी आइपिएलमा चेन्नई अहिलेसम्म ९ खेलमा ५ जित र ४ हारसहित १० अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यसैगरी पञ्जाव किंग्सले यस सिजनमा ९ खेलमा केवल ३ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ६ अंक हासिल गरेको पञ्जाव अंक तालिकामा आठौं स्थानमा रहेको छ ।

यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×