न्यूजिल्याण्डविरुद्धको टेस्ट सिरिजमा इंग्ल्याण्डको ‘क्लिन स्विप’

काठमाडौँ - इंग्ल्याण्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै ३ टेस्ट शृंखलामा ‘क्लिन स्विप’ गरेको  छ।  

२९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। इंग्ल्याण्डको जितमा जो रूटले ८६ रन बनाए। जोनी बेयरिस्टो ७१ रनको योगदान गरे। ओली पोपले ८२ जोडेका थिए।

यसअघि न्यूजिल्याण्ड दोस्रो इनिङ्समा ३२६ रनमा अलआउट भयो। उसका टम ब्लेन्डलले ८८ रन बनाए । यस्तै, डारेल मिचेलले ५६, टम लाथमले ७६, केन विलियम्सनले ४८ रनको योगदान गरे । इंग्ल्याण्डका ज्याक लिचले ५ र म्याथ्यु पट्सले ३ विकेट लिएका थिए।

इंग्ल्याण्ड पहिलो इनिङ्समा ३६० रनमा अल आउट भएको थियो। यसअघि न्यूजिल्याण्ड पहिलो इनिङ्समा ३२९ रनमा अलआउट भयो।

इङ्ल्याण्डका रूट नै प्लेयर अफ द सिरिज चुनिए। न्यूजिल्याण्डका डारेल मिचेल र जो रूट संयुक्त रूपमा प्लेयर अफ द सिरिज भए। यसअघि इंग्ल्याण्ड पहिलो र दोस्रो खेलमा समान ५ विकेटले विजयी भएको थियो।

अब इंग्ल्यान्डले शुक्रबार एजबास्टनमा हुने खेलमा भारतको सामना गर्नेछ। यो गत वर्ष कोरोना महामारीका कारण रोकिएको शृंखलाको अन्तिम टेस्ट हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×