काठमाडौँ। एलिना चौहानको आवाज रहेको गीत 'किन माया लायौ' सार्वजनिक भएको छ। गीतमा कार्कीजीको शब्द तथा संगीत रहेको छ भने बिशाल निरौलाको संयोजन रहेको छ। गीतको भिडियोमा जीबि चिरन, गरिमा श्रेष्ठ, रोशी पुरी र सोमराज सुनारको अभिनय रहेको छ। निशान एसकेको निर्देशन रहेको गीतको भिडियो युट्युब च्यानल 'आहा टिभी'मा उपलब्ध छ।
भिडियो: