‘टाढा भएपनि-२’ फिमेल भर्सनमा, भिडियोको कथा ‘मुनामदन’मा आधारित

काठमाडौँ - डेढ वर्षअघि उर्गेन दोङ र अस्मिता अधिकारीको स्वरमा सार्वजनिक ‘टाढा भए पनि’ बोलको गीत स्रोता दर्शकसामु निकै हिट बन्यो। पल शाह र मलिका महतको अभिनय रहेको उक्त गीतको भिडियोले युट्युबमा ६ करोड २२ लाख बढी भ्युज पाइसकेको छ।

त्यसपछि उर्गेनकै शब्द, संगीत र स्वरमा ‘टाढा भएपनि-२’ सार्वजनिक भयो। उक्त गीत पनि हिट भयो। यतिबेला भने उर्गेनकै शब्द,संगीतमा ‘टाढा भएपनि-२’को फिमेल भर्सन सार्वजनिक भएको छ। यस गीतमा अस्मिता अधिकारी र उर्गेन स्वयंको स्वर रहेको छ।

विकास प्रसाइको निर्देशनमा तयार भिडियोमा फिल्म क्षेत्रको चर्चित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले अभिनय गरेका छन्। जितु तामाङको छायाँकन रहेको भिडियो उनकै सम्पादनपछि सार्वजनिक भएको हो।

लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’मा आधारित रहेर यस गीतको भिडियोको कथा बुनिएको छ। भिडियोले युट्युबमा झण्डै ४ लाख बढी भ्युज पाइसकेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×