जाजरकोट- जाजरकोटमा विद्यालय भर्ना अभियान २०७९ को सचेतनामुलक र्याली तथा सडक नाटक आयोजना गरी सुरुवात गरिएको छ। विद्यालय उमेरका सवै बालबालिकाहरुलाई विद्यालय पठाऔं, बालअधिकारको सुनिश्चित गरौं भन्ने नाराका साथ र्याली प्रदर्शन गरिएको छ।
कारितास अष्ट्रेलियाको आर्थिक सहयोग तथा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटको साझेदारीमा संचालित नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तर्गत शिव माध्यमिक विद्यालय कालेगाउँमा रहेको नवश्रीजनशील शान्ति बाल क्लव र दिपेन्द्र प्रावि रावतगाउँले भर्ना अभियान सुरुवात गरेका हुन्।
विद्यालय भर्ना अभियान सफल पारौं, गुणस्तरिय शिक्षा हाम्रो अधिकार, बालश्रम अन्त्य गरौं, असल अभिभावकको पहिचान दिऔं भन्ने जस्ता नारासहित सबै अभिभावकहरुलाई आआफ्ना छोराछोरी विद्यालय पठाउना आह्वान गरिएको थियो।यार्सन जाजरकोटका फिल्ड संयोजक धर्मराज परियारले विद्यालय भर्ना अभिायान २०७९ सफल पार्नका लागि बालबालिकाहरुले सन्चालन गरेको र्याली तथा सडक नाटक ले महत्वपूर्ण भूमिका खेल्ने बताए।