प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु: ४० ओभरको हुने

काठमाडौँ - पाँचौ प्रधानमन्त्री कप ए दिवसीय कि्रकेट प्रतियोगितामा आज हुने फाइनल खेलमा आर्मीको टिममा सोमपाल कामीलाई समावेश गर्दा एपीएफले टस गर्न अस्वीकार गरेको छ।

जारी प्रतियोगितामा डेंगु संक्रमणका कारण टिम बाहिर रहेका सोमपाललाई खेलाउन लाग्दा विपक्षी टोली एपीएफले अस्वीकार गरेको हो। आर्मी र एपीएफबीचको खेल बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुने तालिका रहेको थियो =। तर सोमपाललाई खेलाउने विवादका कारण खेल सुरु हुन दुई घण्टा ढिला भएको छ।

आर्मीले प्लेइङ ११ मा सोमपालको नाम समावेश गरेपछि एपीएफका कप्तान शरद भेषावकरले टस गर्न नमानेनन्। म्याच रेफ्री वुद्धिबहादुर प्रधानलाई आर्मीको टोलीलेसोमपाललाई टिममा राख्न नपाउने तक पेस गरेको छ। आर्मीले १४ सदस्यीय टोलीका अनिल मण्डल चोटग्रस्त हुँदा उनको स्थानमा सोमपाल कामीलाई प्रतिस्थापन गर्दै प्लेइङ ११ मै राखेको थियो।

प्रतियोगिताको सुरुवातमा पनि सोमपालको नाम आर्मीको टोलीमा थियो। डेंगुका कारण टिम बाहिर रहेका सोमपालको स्थानमा आर्मिले अनिललाई टोलीमा राख्यो। तर फाइनलका लागि भने आर्मीले सोमपाललाई टोलीमा समेट्यो। जसका कारण फाइनल खेललमा विवाद उत्पन्न भएको छ।

आर्मीले खेलाडी परिवर्तनका लागि २४ घण्टाअघि नै निवेदन दिएपछि प्रतियोगिताको प्राविधिक समितिले स्वीकृति दिएको थियो। हिजो सेमिफाइनल खेलमा पुलिसलाई जितेपछि आर्मीका कप्तान विनोद भण्डारीले सोमपाल टिममा खेल्ने बताएका थिए।

आजको खेल ४० ओभरको हुनेछ। हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो। प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×