यू-१९ राष्ट्रिय क्रिकेट भोलिदेखि

काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भोलिदेखि काठमाडौँमा वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदैँछ। प्रतियोगिताका खेलहरु त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुनेछ।

भोलि त्रिवि खेलमैदानमा हुने उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश भिड्नेछन्। उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरि सातै प्रदेशको सहभागिता रहनेछ।

प्रतियोगिता मंसिर १९ गतेसम्म  सञ्चालन हुने क्यानले जनाएको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×