काठमाडौँ - कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ। बलियो प्रतिस्पर्धी डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो।
अष्ट्रेलियाका लागि १ मात्रै निर्णायक गोल म्याथ्यु लेकीले गरेका थिए। खेलको ६० औं मिनेटमा लेकीले गोल गरेका थिए। यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका ३ खेलबाट ६ अंक जोडेको छ।
यसअघि अष्ट्रेलिया सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा पुगेको थियो। यस समुहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा प्रवेश गरेको छ।