भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि

काठमाडौँ - भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ। पहिलो खेल दिउँसो १ बजेबाट हरारेमा सुरु हुनेछ।

भारत र जिम्बावेबीच ३ खेलको एकदिवसीय शृङ्खला हुनेछ। दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार हुनेछ।

यसैबीच पाकिस्तान र नेदरल्यान्डबीच आज दोस्रो एकदिवसीय क्रिकेट हुँदैछ। खेल रोटरडममा दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ। ३ खेलको शृङ्खलामा पाकिस्तानले १-० को अग्रता बनाएको छ।

पहिलो खेलमा नेदरल्यान्डलाई पाकिस्तानले १६ रनले हराएको थियो। तेस्रो खेल आइतवार हुनेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×