काठमाडौँ - गायक कन्हैया सिंह परियार आफ्नो नयाँ गीत ‘भन्दै होलान् शहरमा’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।
लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सिंहले संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा सुमन वैरागीको शब्दको यो कर्णप्रिय गीत गाएका हुन्।
लामो समयदेखि अमेरिका रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सिंहले प्रस्तुत गीतमा विदेशमा रहेर पनि नेपालकै गाउँ घरको सम्झनाहरुले सताउने तथा गाउँ घरकै झल्को आउने कुरालाई व्यक्त गरेका छन्।
माधवराज खरेको निर्देशनमा बनेको यो गीतको म्युजिक भिडियो पनि उत्तिकै मर्मस्पर्शी छ। भिडियोमा अभिनेता श्रीदेव भट्टर्राई, अभिनेत्री कञ्चन चालिसे, कलाकार उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङवो आदिले अभिनय गरेका छन्।
गायक सिंहकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको भिडियोका छायांकार जीवन पराजुली हुन् भने यसलाई राजेश कुमारले सम्पादन गरेका छन्।
भिडियोका निर्देशक माधवराज खरेलको जन्मदिनको अवसर पारेर उक्त भिडियो सार्वजानिक गरिएको हो।