बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं - धनुषाको बिदेह नगरपालिका–४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि  पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ पातो बजार बस्ने देव कुमार मालिको ९ महिनाको छोरा बिराट कुमार मालिको पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ । 

खेल्ने क्रममा बाल्टिनमा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×