पाकिस्तानको पोस्टमा बंगलादेशको आधा दर्जन गोल

काठमाडौँ - काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो जित दर्ता गरेको छ। उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानलाई ६-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।

बंगलादेशलाई फराकिलो जित दिलाउन कप्तान सविना खातुनले ह्याट्रिक पूरा गर्दा मोनिका चक्मा, मोसामद सोप्ना र ऋतु चम्माले समान १ गोल गरेका थिए। खेलको तेस्रो मिनेटमै मोनिकाले टोलीलाई अग्रता दिलाएकी थिइन्। २८औं मिनेटमा मोसामदले बंगलादेशको अग्रतालाई दोब्बर पारिन्।

३१ र ३५औं मिनेटमा सविनाले गोल गर्दा टोलीले पहिलो हाफमै ४-० को आरामदायी अग्रता लिएको थियो। ५८ औं मिनेटमा सबिनाले ह्याट्रिक पूरा गरेपछि बंगलादेश ५-० ले अघि बढ्यो। ७६ औं मिनेटमा ऋतुले गोल गर्दै टोलीलाई ६-० को फराकिलो जित दिलाइन्। 

यो जितसँगै २ खेलमा ६ अंक जोडेको बंगालदेशले सेमिफाइनल सम्भावनालई बलियो बनाउँदा लगातार दोस्रो हार व्यहोर्दै अंकविहीन पाकिस्तानीको भने सम्भवना न्यून बनेको छ।

पहिलो खेलमा बंगलादेशले मल्दिभ्सलाई ३-० ले हराउँदा पाकिस्तानले भारतसँग ३-० कै हार व्यहोरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×