काठमाडौँ - इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिग सिजन २०२२-२३ अन्तर्गत समूह चरणको पहिलो खेलमा क्रोएसियन क्लब डिनामो जाग्रेबसँग १-० गोलको नतिजामा पराजित भएको छ।
जाग्रेबको मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन खेलको १३ औं मिनेटमा मिस्लाभ ओर्सिचले गरेको गोल नै निर्णायक बनेको हो।
जितसँगै समूह २ को जाग्रेबले पहिलो खेलमै ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। चेल्सी अंक विहीन हुँदै समूहको पुछारमा रहेको छ।