स्मार्ट लकडाउनका विषयमा छलफलका लागि उपत्यकाका प्र.जि.अ.हरुको बैठक बोलाइयो

काठमाडौँ । कोभिड-१९ संक्रमण दर अहिले दिनानु दिन बढि रहेको छ । यसै कारण आज काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बोलाइएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृहमन्त्रालयले दिएको अधिकार अनुरुप स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएका कारण उपत्यकाका प्र.जि.अ.हरुको बैठक आह्वान भएको हो ।

मंगलबार दिउँसो काठमाडौँ, भक्तपुर र ललितपुरका प्र.जि.अ.हरुले बैठकमा स्मार्ट लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरिने जनाइएको छ । उपत्यकाका प्र.जि.अ.हरुले सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गर्ने र मन्त्रालयसँग समन्वय गरी कसरी अघि बढ्ने भनि निर्णय लिइने जनाइएको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×