भन्सारको नाम देखाउँदै ठग्दै

काठमाडौँ - झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो। भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो। 

प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो। यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिखित भन्सार शुल्क चुक्ता गरिसक्नुपर्ने सन्देश थियो। उक्त शुल्क चुक्ता गरेपछि ५० हजार रुपियाँ पनि पाउने उल्लेख गरिएको र सामान पु(याउने ठेगाना ललितपुरको हरिसिद्धि राखिएको थियो। 

एक महिनाअघि पनि भन्सार विभागकै लोगो र नाम प्रयोग गरिएको ९८१००९२३६५ नम्बरबाट विभिन्न व्यक्तिलाई ह्वाट्स एपमार्फत सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको र भन्सार शुल्क चुक्ता गरेपछि घरमै सामान आइपुग्ने भन्दै तस्बिरसहितको सन्देश पठाइएको थियो। 

अझ विदेशबाट कसैले नेपालीको नाममा सामान पठाएको र उक्त सामान आफूले विमानस्थलसम्म पु(याइदिएको भन्दै भन्सार चुक्ताका लागि एकाउन्ट नम्बर उल्लेख गरेर पनि ह्वाट्स एपमार्फत धेरैलाई सन्देश पुगेको थियो। 

भन्सार विभागकै नाम तथा लोगो अङ्कित भएपछि सम्पर्कमा आएका कतिपयले यसलाई सत्य ठानेर थप कुराकानी र रकम भुक्तानीको प्रक्रियाका विषयमा सोधपुछसमेत गरेका थिए। तर यी कुनै पनि किसिमका गतिविधि भन्सार विभागबाट भने भएका थिएनन्। गोरखापत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×