काठमाडौँ - २०२२ को मे महिनामा ओटीटी माध्यममा थुप्रै हिन्दी फिल्म र सिरिज प्रदर्शन भइरहेका छन्। यो महिना बलिउडदेखि हलिउडसम्मका चर्चित फिल्महरु विभिन्न डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आउँदै छन्। अधिकांश फिल्म हलमा प्रदर्शन भएको बेला चर्चित भएका फिल्महरु छन्।
विवेक रञ्जन अग्नीहोत्रीको निर्देशनमा बनेको फिल्म ‘द कश्मीर फाइल्स’ ओटिटी माध्यममा प्रदर्शनमा आइसकेको छ। यो बाहेक मे महिनामा थुप्रै अन्य फिल्महरु प्रदर्शन हुँदैछन् भने कतिपय प्रदर्शन भइरहेका छन्। बक्स अफिसमा चर्चित भएको फिल्म ‘आरआरआर’ फिल्मदेखि ‘पञ्चायत–२’जस्ता सिरिजसम्म प्रदर्शनमा आउँदै छन्।
हाल जी–५ मा अमिताभ बच्चन अभिनित ‘झुण्ड’, नेटफिल्क्समा अनिल कपुर अभिनित ‘थार’, वुटमा ‘आधा इश्क’, सोनी लिभमा ‘पुज्हु’ नेटफिल्क्समा ‘सैवेज ब्यूटी’, नेटफिल्क्समै ‘द म्याट्रिक्स रिसरेक्सन’, जी–५ मा ‘द कश्मीर फाइल्स’लगायतका फिल्म तथा सिरिजहरु प्रदर्शन भइरहेका छन्।
यहि महिना एसएस राजमौलीको निर्देशन रहेको ‘आरआरआर’ पनि प्रदर्शनमा आउँदै छ। उक्त फिल्म मे २० मा जि–५ मा प्रदर्शन हुँदै छ।
त्यस्तै, चर्चित वेब सिरिज ‘पञ्चायत’को सिक्वेल ‘पञ्चायत–२’ पनि यही महिना प्रदर्शनमा आउँदै छ। अमेजोन प्राइममार्फत् उक्त सिरिज २० मेमा प्रदर्शनमा आउँदै छ।
२० मे मै जी–५ मा ‘झोंबिवली’ पनि प्रदर्शनमा आउँदै छ। त्यस्तै, नेटफिल्क्समा सुपरहिरो फिल्म ‘स्ट्रेन्जर थिंग्स’ २७ मेमा प्रदर्शनमा आउँदै छ।
जोन अब्रहाम अभिनित बहुप्रतिक्षित फिल्म ‘अट्याक’ पनि यही महिना प्रदर्शनमा आउँदै छ। जी–५ मार्फत उक्त सिरिज २७ मेमा प्रदर्शनमा आउँदै छ।