विश्वकपमा आयरल्याण्डविरुद्ध श्रीलंकाको फराकिलो जित

काठमाडौँ - अस्ट्रेलियामा आठौं संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आयरल्याण्डविरुद्ध श्रीलंका ९ विकेटले विजयी भएको छ।

आइतबार भएको पहिलो खेलमा आयरल्याण्डले दिउको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि कुशल मेन्डिसले उत्कृष्ट पारी खेलेका थिए।

४३ बलको सामना गरेका उनले ४ चौका र ३ छक्कासहित अविजित ६८ रन बनाएका थिए। त्यस्तै, धनन्जय डिसिल्भा र चरिथा अशलंकाले अविजित ३१/३१ रनको योगदान दिएका थिए। आयरल्याण्डका लागि ग्यारेथ डेलानीले मात्र १ विकेट लिए।

त्यसअघि होबार्टस्थित बेलेरिभ ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो। उसका लागि ह्यारी टेक्टरले ४२ बलमा २ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाएका थिए।

त्यस्तै, पउल स्टर्लिङले २५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३४ रनको योगदान दिएका थिए। जर्ज डकरेल १४ र लोर्कान टकर १० रनमा आउट भए। बाँकी ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकाका लागि वानिन्दु हसरंगा, महेश थिक्क्षणाले दुई, चमिका करुणारत्ने, बिनुरा फर्नान्डो, लाहिरु कुमारा र धनन्जय डिसिल्भाले १/१ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×