काठमाडौँ। 'शुभ नाम के पर्यो' बोलको नयाँ लोक दोहोरि गीत सार्वजनिक भएको छ। गीतमा प्रमिला तामांग, प्रकाश पराजुली, रेशम निर्दोष र चिज गुरुङको आवाज रहेको छ भने भिम पौडेल, हेमन्त आले, सुमन थापा मगर र अमृता लामिछानेको सामुहिक आवाज रहेको छ। त्यसैगरि शिभ हमालको शब्द तथा संगीत रहेको गीतमा कृष्ण वि.कको संयोजन रहेको छ। प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा प्रमिला तामांग, प्रकाश पराजुली, रेशम निर्दोष र चिज गुरुङको अभिनय रहेको छ। भिडियो 'प्रमिला तामांग अफिसियल' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: