दबुली नेपालको तेजकृष्ण नानीमाया सिरपा तीन कलाकारलाई प्रदान गरियो

भक्तपुर - यस बर्षको दबुलि नेपालको तेजकृष्ण नानीमाया सिरपा तीन जनालाई प्रदान गरेको छ। शनिबार एक कार्यक्रमकाबीच दबुलि नेपालको तेजकृष्ण नानीमाया सिरपा तीन कलाकारहरुलाई प्रदान गरिएको हो।

दबुजी नेपालले नेपाल भाषाका वरिष्ठ हाँस्य कलाकार आशाकाजी थकु, अरुणेश्वरी श्रेष्ठ र अशोक बस्नेतलाई प्रदान गरिएको हो। संस्थाले थकु र श्रेष्ठलाई नेपाल भाषाको हाँस्यव्यंग्य क्षेत्रमा गरेको अतुलनिय योगदानको मूल्यांकन गर्दै उक्त सिरपा प्रदान गरिएको हो।

सिरपामा नगद रु दश हजार समान पत्रले नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठले कलाकार थकु, श्रेष्ठ र बस्नेतलाई प्रदान गर्नुभयो। त्यस्तै दवुली नेपालले मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि अभिनन्दन गरेको छ।

नगर प्रमुखलाई सम्पदा संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले नेवाः परम्परा अनुसार बिशेष समान्न स्वरुप १२ हातको वेताली (शिरमा लगाउने सेतो कपडा) लगाई ताम्रापत्र सहित वरिष्ठ कलाकार हरिराम जोशीले अभिनन्दन गरिएको हो।

त्यस्तै कार्यक्रममा नेवाः लोकबाजा मुहालिको संरक्षणका लागि निर्माण गरिएको मुहालि बाजा बृत्तचित्र समेत सार्वजनिक गरिएको छ। कार्यक्रममा वरिष्ठ कलाकार जोशीले मध्यपुर थिमि नगर उपत्यकाको अन्य स्थानीय तहको तुलनामा सम्पदा संरक्षणमा उल्लेख्य कार्य गरेको बताए। जोशीले भाषा, कला सँस्कृतिको संरक्षण गर्न सके मात्र जातिको अस्तित्व रहने बताउँदै नेपाल भाषाको संरक्षणमा सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए।

त्यस्तै नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठनका कुलपति नारायणभक्त श्रेष्ठले मुहालि बाजालाई विशेष गरी भारतले सहनाईसँग जोडेर आफ्नो मौलिक बाजा बनाउन खोजे तापनि मुहालि बाजा सहनाईसँग नमिल्ने र नेपालको नेवाः समूदायको मौलिक बाजा रहेको बताए। उनले हाल नेपाली युवा वर्गलाई आधुनिकको नाममा विदेशी बाजाले आकर्षित गर्दै लगेकामा चिन्ता व्यक्त गर्दै त्यसैले नेपालको मौलिक बाजा लोप हुदै गएको बताए। अब नेपाली मौलिक बाजा युवा वर्गलाई सिकाउँदै लानु पर्ने पनि उनले बताए।

कार्यक्रमा नवनिर्वाचित नेवाः दे दबुका अध्यिक्ष पवित्र बज्राचार्यलाई पनि समान गरेको थियो। कार्यक्रम दवुलि नेपालका अध्यक्ष सन्तोष प्रजातिको सभापतित्वमा सम्पन्न भएको थिायो। संस्थाले बिभिन्न संस्कृतिक बाजासँग सम्वन्धि व्यक्तिहरुलाई पनि कदरपत्रद्धारा सम्मान गरिएको छ भने दवुलि स्मारिकाको पनि विमोचन गरिएको थियो। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×