'लाइगर'मा विजय देवरकोण्डा र माइक टायसन भिड्दै

भारत। दक्षिण भारतीय चलचित्रका अभिनेता विजय देवरकोण्डा अहिले आफ्नो आउँदो चलचित्र 'लाइगर'को शूटिंगमा व्यस्त छन्। विजय र अनन्या पाण्डे आफ्नो पुरै टिमका साथ शूटिंगका लागि अमेरिका गएका छन्। चलचित्रमा विजयको भिडन्त बक्सिंग च्याम्पियन माइक टायसनसँग हुनेछ। अमेरिका पुग्नासाथ विजयले माइक टायसनसँग फोटो खिचेर शेयर गरेका छन्। फोटोसँगै उनले लेखेका छन् "यो मेरो माया हो। म यिनीसँग बिताएको हरेक पललाई सम्झना बनाउदैछु र यो सधैंका लागि विशेष हुनेछ। लाइगर भर्सेज द लिजेण्ड। जब म आइरन माइक टायसनको अगाडी पहिलो पटक आएँ।" चलचित्र पुरी जगन्नाथको निर्देशनमा बनिरहेको छ, जसलाई करन जोहर र चार्मी कौरले को-प्रोड्यूस गरिरहेका छन्। चलचित्र हिन्दी,तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा प्रदर्शनमा आउनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×