काठमाडौँ - बलिउड अभिनेता सलमान खानलाई पटक-पटक ज्यानमार्ने धम्की आइरहन्छ। हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यान मार्ने धम्की दिएका थिए।
प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो। सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए। यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो।
सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन्। सलमानले हालै मात्र आफ्नो सुरक्षाका लागि बुलेट प्रुफ कार पनि किनेका छन्।
उनले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको साटो सेतो रंगको बुलेट प्रुफ गाडी किनेका हुन्। उनले अचेल हतियारयुक्त सुरक्षाकर्मी पनि साथमै लिएर हिँड्ने गरेका छन्।