प्रदेश २ मा नेकपा एसका दुई मन्त्री बन्ने

धनुषा । नेकपा एकिकृत समाजवादीबाट प्रदेश २ सरकामा दुई जना मन्त्री बन्ने भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालय नेकपा एसले पाउने भएको हो।

पहिले देखि नै सरकारमा जाने भनेको नेकपा एस, मन्त्रालयको भागबण्डा नटुंगेकाले सरकारमा उनीहरुको सहभागिता अन्योलमा थियो। मन्त्रालय टुंगो लागे पछि संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहा) लाई मन्त्री बनाउने निर्णय भएको छ। महतोले वातावरण मन्त्री पाउँदै छन् भने यादवले कानुन मन्त्री पाउने भएका हुन्। 

यस बाहेक पनि एउटा राज्यमन्त्री पनि नेकपा एसको हातमा पर्ने भएता पनि तत्काल सपथग्रहण नहुने जनाइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×