प्रधानमन्त्री देउवाको विषयमा पूजाको टिप्पणी

काठमाडौँ - नायिका पूजा शर्माले राजनीतिक विषयमा कमै टिप्पणी गर्छिन्। राजनीतिक र सामान्य ज्ञान नहुँदा ट्रोलको शिकार समेत बनेकी पूजाले यसपटक अहिले चर्चामा रहेको विषयमा आफ्नो भनाइ राखेकी छिन्। 

उनले सामाजिक सञ्जाल मार्फत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा आफ्नो धारणा राखेकी हुन्। लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बस्दा देउवाको गतिविधिले देशको नै इज्जतमा धक्का लागेको भन्दै सामाजिक सञ्जाल र मिडियामा बनेकाे ट्रोलमाथि पूजाले आफ्नो धारणा राखेकी हुन्।

देउवाको बेचैनीको विषयमा ट्रोल भैरहँदा पूजाले त्यहाँ त्यसो देखिनुको कारणलाई प्रस्ट्याएकी छिन्। ‘देउवाज्यू बेचैनीमा रहेको भिडियोहरु भाइरल भए। सबैले मजाक उडाए। तर, त्यस बेचैनीको पछाडि यति ठूलो तनाव लुकेको कसैले देखेन। देउवाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पुरा गर्न लुम्बिनी पुगे। सामान्य नागरिक भएको भए अस्पतालमा भाइलाई कुरेर बस्ने थिए। उता भाइ मृत्युसँग लडिरहेको बेला यता दाइ कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे। यस्तो अवस्थामा विरोधीको नजरले होइन,असल मानवको नजरले हेर्नुहोस्। सम्माननीय प्रधानमन्त्रीका भाइप्रति भावपूर्ण श्रद्धाञ्जली’ पूजाले लेखेकी छिन्। 

उनले अहिले सामाजिक सञ्जालमा आइरहेको कारणलाई प्रस्ट्याउँदै नै आफ्नो विचार व्यक्त गरेकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×