काठमाडौँ - आयरल्याण्डविरुद्धको तीन खेलका टी-२० सिरिजमा न्युजिल्याण्डले क्लिनस्विप गरेको छ। बेलफास्टमा भएको तेस्रो टी-२० खेलमा न्युजिल्याण्डले घरेलु टिमलाई ६ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। उसका लागि पउल स्ट्रलिङले ४० रन बनाउँदा र्लोकन टुकेरले २८ तथा हेरी टेक्टोरले २३ रन बनाएका थिए। यस्तै मार्क एडेरले ३७ रनको योगदान गर्दा कुर्टिस चाम्फेरले १९ रनको योगदान गरे।
बलिङमा न्युजिल्याण्डका ब्लायर टिकनेर र इस सोधीले २/२ विकेट लिएका थिए। जवाफमा न्युजिल्याण्डले १९ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो।
उसका लागि ग्लेन फिलिप्सले अविजित ५६ रन बनाउँदा मार्टिन गुप्टिलले २५ तथा डारेल मिचेलले ४८ रनको योगदान गरेका थिए। यस्तै जेम्स निसामले २३ रन बनाए।
३ खेलको सिरिजमा न्युजिल्याण्डले सहज रुपमा क्लिन स्विप गर्न सफल भएको हो।