निर्देशनबाट पुनरागमन गर्दै इमरान खान

काठमाडाैँ - फिल्म ‘जाने तू या जाने ना’ बाट बलिउडमा डेब्यू गरेका अभिनेता इमरान खान फिल्मबाट अहिले टाढा छन्। अभिनेता आमिर खानका भाञ्जासमेत रहेका इमरान सामाजिक सञ्जालमा पनि उति सक्रिय छैनन्। अब भने इमरानले फिल्ममा पुनरागमन गर्ने तयारी गरेका छन्।

इमरानको फिल्मी पुनरागमन अभिनेताका रुपमा नभई निर्देशकका रुपमा हुँदैछ। इमरान अभिनित पछिल्लो फिल्म ‘कट्टी बट्टी’ सन् २०१५ मा रिलिज भएको थियो। यो फिल्मले बक्सअफिसमा खासै  सफल हुन सकेन। फिल्म असफल भएपछि उनी अभिनय करियरबाट टाढिएका थिए। फिल्मबाट टाढिएपछि उनले प्रेमिका अवन्तिकासँग विवाह गरे। तर, अहिले अवन्तिकासँगको सम्बन्धविच्छेदका कारण इमरान चर्चामा छन्।

इमरान निकट स्राेतका अनुसार उनी अब निर्देशन मार्फत फिल्ममा फर्कने तयारीका लागि स्क्रिप्टको काम गरिरहेका छन्। उनी सन् २०२३ बाट सुटिङ सुुरु गर्ने योजनामा छन्। इमरान लामो समयदेखि निर्देशनमा आउन चाहन्थे। उनलाई अब अभिनयभन्दा पनि निर्देशनमा आउने चाहना छ। त्यही चाहना पूरा गर्न जोडतोडका साथ काम गरिरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×