काठमाडौँ - कुनै समयमा भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहली अहिले फ्लप भएका छन्। अहिले उनको ब्याटबाट रन बनिरहेको छैन।
३ वर्ष यता उनले कुनै पनि फम्र्याटको क्रिकेटमा सतक प्रहार गर्न सकेका छैनन्। तर आजपनि उनी सोसलमिडियामा भने चर्चित नै छन्।
३३ वर्षिय विराटले आफ्नो इन्ट्राग्राममा पोष्ट गरेबापत ८ करोडसम्म लिनेगरेका छन्। सोसलमिडियामा पोष्ट गरेवापत एसियाको स्पोट्स सेलिब्रेटिको शिर्ष स्थानमा रहेका छन्।
उनको इन्ट्राग्राममा २०८ मिलियन फलोअर्स रहेका छन्। विश्वमा सोसलमिडियाबाट धेरै कमाउने खेलाडीमा पहिलो नम्बरमा पोर्चुगलका फुटबलर क्रिष्टियानो रोनाल्डो र दोस्रो नम्बरमा अर्जेटिनाका मेस्सी रहेका छन्।
होपरएचक्युको २०२२ को सोसल मिडियाको रिच लिष्ट तयार पारेको छ। त्यसमा विराट १४ औं स्थानमा रहेका छन्।