काठमाडौँ - युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली इटालीले जित हात पारेको छ। उसले लिग ‘ए’अन्तर्गत समूह ‘थ्री’ को खेलमा इंग्ल्याण्डविरुद्ध १-० काे कठिन जित हात पारेकाे हाे।
सान सिराेमा खेलकाे ६८ औं मिनेटमा गियाकाेमाे रास्पडाेरीले गएकाे १ मात्र गाेल पाहुना टाेलीलाई जित दिलाउन निर्णायक बन्याे। उनले लियोनार्डो बोनुचीकाे पासलाई सदुपयोग गरेका थिए।
याेसँगै इंग्ल्याण्ड सन् १९९२ पछि पहिलाेपटक लगातार ५ प्रतिस्पर्धात्मक खेलमा जित विहिन बनेकाे छ। याे जितसँगै ५ खेलमा ८ अंक जाेडेकाे इटाली दोस्रो स्थानमा उक्लिँदा हारसँगै रेलिगेसनमा परेकाे इंग्ल्याण्ड समान खेलबाट दुई अंकका साथ पुछरमा रहेको छ।