‘उचाइ’लाई विश्वभर यशराज फिल्म्सले वितरण गर्ने

काठमाडौँ - सुरज वार्जत्य निर्देशित बलिउड फिल्म ‘उचाइ’को वितरण यशराज फिल्म्सले गर्ने भएको छ।

बलिउड हंगामाका अनुसार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जाङ्पा र परिणिती चोपडाको प्रमुख भूमिका रहेको फिल्मलाई यशराजले भारत र विश्वभर वितरण गर्ने भएको हो। यद्यपि भारतका केही राज्यमा भने फिल्मलाई यशराजले वितरण गर्नेछैन।

यशराजले यसअघि मलाङ, जय मम्मी, छोटा भीम, कुङ फु धमाका, हनुमान भर्सेस महिरावना, पिकु र ह्याप्पी न्यु ईयरजस्ता फिल्मको अन्तर्राष्ट्रिय वितरण गरिसकेको छ।

बुढ्यौली मित्रताको कथा प्रस्तुत गर्ने फिल्म उचाइ आगामी नोभेम्बर ११ मा विश्वव्यापी रुपमा रिलिज हुँदैछ। फिल्म नेपालका हिमालयमा पनि छायांकन गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×