कांग्रेस जिल्ला सभापतिमा बडूवालको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालले उम्मेदवारी घोषणा गरेका छन्।

धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उहाँले सभापतिका लागि सो घोषणा गरेका हुन्। पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन, नयाँ ढङ्गबाट रुपान्तरण गर्न तथा सक्षम नेतृत्व स्थापित गर्नका लागि आसन्न जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको नेता बडूवालले जानकारी दिए। बडूवालले आफ्नो जिल्लामा रहेका क्रियाशील सदस्यको स्वाभिमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने, आउने निर्वाचनमा पार्टीलाई कम्तीमा पनि दुई तिहाई स्थानमा जिताउने प्रयत्न गर्नेलगायतका एजेण्डा तयार गरेका छन्।

बडूवाल, झण्डै ३० वर्षदेखि नेपाल विद्यार्थीमा सङ्घमा आबद्ध भई नेपाली कांग्रेस पार्टीको राजनीतिमा सक्रिय छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×