यि धमाकेदार चलचित्र आउँदैछन् ओटिटिमा

काठमाडौँ। सिनेमाघरपछी धेरै चलचित्र ओटिटिमा आउन तयार छ। कोरोनामा कारण पहिला चलचित्रहरु सिधै ओटिटिमा जाने गरेका थिए। तर, अब सिनेघरमा लागेपछी मात्र चलचित्र ओटिटिमा जान थालेका छन्। उदाहरणका लागि बलिउड चलचित्र 'बच्चन पाण्डे'लाई लिउँ। शुक्रबार ट्रेलर आएको चलचित्र सिनेमाघरका साथै ओटिटिमा पनि उपलब्ध गराइने छ।
हेर्नुहोस् कुन-कुन चलचित्र ओटिटिमा आउँदैछन्
१. बच्चन पाण्डे : अक्षय कुमार अभिनित चलचित्र बच्चन पाण्डे सिनेमाघरहरुमा १८ मार्चमा प्रदर्शन हुँदैछ। तर, केहि समयपछी चलचित्र अमजेन प्राइम भिडियोबाट पनि हेर्न सकिनेछ।

२. भीमला नायक : पवन कल्याण र राणा दग्गुबातीको चलचित्र भीमला नायक सिनेमाघरमा २५ फेब्रुअरीमा प्रदर्शन हुनेछ। र, यसपछी चलचित्र डिज्नी प्लस हटस्टारमा प्रदर्शन गरिनेछ।

३. गंगूबाई काठियावाडी : आलिया भट्ट अभिनित चलचित्र  गंगूबाई काठियावाडी नेटफ्लिक्समा स्ट्रिम हुनेछ। त्यसअघि चलचित्र २५ फेब्रुअरीमा सिनेमाघरमा प्रदर्शन गरिनेछ।

४. आरआरआर : यो चलचित्र २५ मार्चबाट सिनेमाघरमा लाग्नेछ। त्यसको ९० दिनपछी चलचित्र सिनेमाघरबाट बाहिरिनेछ। चलचित्रलाई तमिल, तेलुगू, मलयालम र कन्नड भाषामा जी५मा स्ट्रीम गरिनेछ भने हिन्दी, इंग्लिश, पुर्तगीज, कोरियन, टरकिश र स्पेनिश भाषामा नेटफ्लिक्समा स्ट्रीम गरिनेछ। 

५. ८३ : रणवीर सिंह चलचित्र २४ डिसेम्बरमा रिलीज भएको थियो र यो चलचित्रको पर्खाई भइरहेको छ। फेब्रुअरीको अन्त्यसम्म चलचित्र हिन्दी भाषामा नेटफ्लिक्समा उपलब्ध हुनेछ भने तमिल, तेलुगू, मलयालम र कन्नड भाषामा डिज्नी प्लस हटस्टारमा स्ट्रीम हुनेछ।

६. बधाई दो : राजकुमार राव र भूमि पेडनेकरको चलचित्र सिनेमाघरमा ११ फेब्रुअरीमा रिलीज भएको थियो। यो चलचित्रको अधिकार जी५ले किनेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×