विदामा बस्न मुख्यसचिव अर्याललाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चारवटा फरक भ्रष्टाचार प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई विदामा बस्न निर्देशन दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले शनिबार राती नै अर्याललाई बिदामा बस्न निर्देशन दिएका हुन् ।

मुख्यसचिव अर्याल बहुचर्चित भ्रष्टाचार नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका छन् । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसँग बयान लिएको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारका नाममा भएको सवा ३ अर्ब रुपैयाँको विवादास्पद ठेक्का सम्झौतामा मुख्यसचिव अर्यालको संलग्नता तथ्यले प्रमाणित गरेको छ ।

दर्जन बढी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका सुरक्षण मुद्रण विकास समितिका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग मुख्यसचिव अर्यालले घुस लिएको प्रमाण सार्वजनिक भएका छन् ।

मुख्यसचिव अर्यालले भ्रष्टाचारका करिब दर्जन कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको थुनामा रहेका पौडेलसँग घुस लिएको प्रमाण सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् । तर यो प्रकरणमा उनले निर्लज्जतापूर्वक उत्तर दिइरहेका छन् । भनेका छन्, ‘मैले पठाएको खाता नम्बरमा पैसा जम्मा हुनु ठूलो कुरा होइन ।’ स्रोतका अनुसार डा. अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च निगरानीमा राखेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×