म्यानचेस्टर सिटी च्याम्पियन्सलिगको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ - च्याम्पियन्सलिग अन्तर्गत अन्तिम–१६ को दोस्रो लेगमा बराबरी खेले पनि इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा आज बिहान सम्पन्न खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग बराबरी खेलेको हो। बराबरीमा रोकिए पनि सिटीले समग्रमा ५-० को जित हात पार्दै अन्तिम-८ को यात्रा तय गरेको हो।

पहिलो लेगमा सिटीले ५–० को फराकिलो जित निकालेको थियो। २४ औं मिनेटमा फिल फोडेनको प्रहारलाई स्पोर्टिङका गोलरक्षक एडानले विफल पार्दा सिटी अग्रता लिनबाट चुक्यो।

४७ औं मिनेटमा सिटीका गाब्रियल जिससले गोल गरे पनि भिएआरमा अफसाइड देखिएपछि त्यसले मान्यता पाएन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×