काठमाडौँ - अष्ट्रेलियन क्रिकेट टिमका ब्याट्सम्यान स्टेभेन स्मिथले डेढ वर्षपछि शतक प्रहार गरेका छन्। आयोजक श्रीलंकाविरुद्ध जारी दोस्रो टेष्टका क्रममा स्मिथले शुक्रबार शतक प्रहार गरेका हुन्।
यस अघि स्मिथले सन् २०२१ को जनवरी ७ मा सिड्नीमा भारतविरुद्धको टेस्टका क्रममा शतक पूरा गरेका थिए। त्यसपछि उनले शतक पुरा गर्न डेढ वर्ष लगाए।
८७ औँ टेस्ट खेलिरहेका स्मिथको टेस्ट क्रिकेटमा यो २८ औँ शतक हो। उनले एकदिवसीयमा भने १ सय ३० खेलमा ११ शतक पूरा गरेका छन्।
एकदिवसीयमा उनले अन्तिम पटक भारतविरुद्ध सन् २०२० को नोभेम्बरमा शतक पूरा गरेका थिए।