पदीय हैसियतको दुरुपयोग गरेको अभियोगमा पर्यटन बोर्डका सीईओ डा धनञ्जय रेग्मी निलम्बित

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मी निलम्बनमा परेका छन् । 

बोर्डको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले उनलाई निलम्बन गरेको हो । 

बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा  बसेको बोर्ड बैठकले सिइओ रेग्मीलाई निलम्बन गरेको हो । 

रेग्मीले पदीय हैसियतको दुरुपयोग, नैतिक आचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोप छ ।

सिइओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्सीको निहुँमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय बाहिरिएको थियो । यो प्रकरण सञ्चार माध्यममा आएपछि पर्यटन मन्त्रालयले उहाँलाई स्पष्टीकरण सोधेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×