गुजरातको रोमाञ्चक जित, पुनः शीर्ष स्थानमा

काठमाडौं- इन्डियन प्रिमियमर लिगको बुधबार राति सम्पन्न ४०औं खेलमा सनराइजर्स हैदराबादलाई गुजरात टाइटन्सले पाँच विकेटले हराएको छ। टस हारेर पहिले ब्याटिङ पाएको हैदराबादले पाँच विकेटको हार बेहोरेको हो।

हैदराबादले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १९५ रन बनाएको थियो। जवाफमा पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा गुजरातले १९९ रन बनाएर निर्धारित लक्ष्य पुरा गरेको थियो।

खेलमा अभिषेश शर्माले ६५ रन बनाए भने ऐडेम मार्करमले ५६ रनको योगदान दिए। त्यस्तै, शशांक सिंहले पनि २५ रनको योगदान दिए। त्यो पारीमा बलिङतर्फ मोहम्मद शामीले तीन विकेट लिए भने यास दयाल र अल्जरीले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा ओपनर रिद्धिमान साहले ६८ रन बनाए भने सुभमन गिलले ३३ र राहुल तेवतियाले ४० रनको योगदान दिए। बलिङतर्फ उरमान मलिकले पाँच विकेट गिराएका थिए। यससँगै अन्तिम बलमा गुजरात विजयी भएको थियो।

जित निकालेसँगै गुजरात टाइन्स आईपीएल अंकतालिकाको शीर्षस्थानमा रहेको छ। उसले आठ खेलबाट १४ अंक बनाएको छ। १२ अंक बनाएको राजस्थान दोस्रो स्थानमा छ भने समान १०–१० भएका हैदराबाद र लखनौं तेस्रो र चौथो स्थानमा छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×