काठमाडौँ - चलचित्र ‘२.० छड्के ’ फागुन १९ देखि प्रर्दशनमा आउने भएको छ। मंगलबार चलचित्रकाे पाेस्टर सार्वजनिक गर्दै प्रर्दशन मिति ताेकिएकाे हाे। चलचित्रलाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन्।
चलचित्रको मुख्य अभिनयमा अनमोल केसीलाई देख्न सकिन्छ। उनीसँगै रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायतको पनि चलचित्रमा अभिनय रहेको छ।
प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको चलचित्रमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता छन्।