काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पुरुष क्रिकेटको एफटीपी (फ्युचर टुर प्रोग्राम)मा अफगानिस्तानलाई प्राथमिकतामा राखेको छ।
आईसीसीले बुधबार सन् २०२३ देखि २०२७ सम्मका लागि सार्वजनिक गरेको पुरुष क्रिकेटको एफटीपीमा अफगानिस्तानले २०२३-२४ सिजनमा ६ टेस्ट खेल्ने छ। यीमध्ये ३ टेस्ट ( जिम्बाब्वेविरुद्ध २ र आयरल्यान्डविरुद्ध १) अफगानिस्तान टोलीले आफ्नो घरमा खेल्नेछ। यससँगै अफगानिस्तानको टोलीले विदेशी भूमिमा ३ टेस्ट (बंगलादेशविरुद्ध २ र श्रीलंकाविरुद्ध १) खेल्नेछ।
त्यसपछि टोलीले भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज र आयरल्यान्डसँग पनि टेस्ट खेल खेल्नेछ। अर्कोतर्फ, आयरल्यान्डले यस चक्रमा १४ टेस्ट खेल खेल्नेछ। जसमा अफगानिस्तान र जिम्बाब्वेविरुद्ध चार-चार टेस्ट खेल्ने तालिका रहेको छ।
यता, बंगलादेशविरुद्ध ३ र श्रीलंका, इङ्ल्यान्ड र न्यूजिल्यान्डविरुद्ध १-१ टेस्ट खेल्ने छ।