भारत। दक्षिण भारतीय कलाकार अल्लु अर्जुनको पछिल्लो चलचित्र ‘पुष्पा’ले दर्शकहरुबाट धेरै माया पाएको छ। चलचित्रले हिन्दी भर्सनमा मात्रै करिब ८० करोड भारतीय रुपैँयाको कमाइ गरेको छ।
यससँगै उनको अर्को चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी भर्सन प्रदर्शनमा ल्याउने तयारी वितरकले गरेका छन्। चलचित्र जनवरी २६ तारिखबाट हिन्दी भाषामा प्रदर्शनमा आउने भएको छ।
भारतमा कोरोनाको तेस्रो लहरका कारण सिनेम हलहरु बन्द भइरहेको अवस्था छ। जस्ले नयाँ चलचित्रको प्रदर्शन मिति समेत पोष्टपोन्ड भइरहेका छन्।
वितरकहरुले अल्लुको लोकप्रियतालाई विचार गर्दै उनको पुरानो चलचित्रलाई हिन्दी भाषामा सिनेमाघरमा प्रदर्शन गर्न लागेका हुन्। त्रिविक्रम श्रीनिवासको निर्देशनमा तयार भएको चलचित्रमा अल्लु अर्जुन र पूजा हेग्डे मुख्य भूमिकामा रहेका छन् ।