कर्णाली प्रदेशमा ६ महिनामा २०३ सवारी दुर्घटना, ११८ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा २०३ ओटा सवारी दुर्घटना भएका छन् । भौगोलिक भू–वनावट र नयाँ निर्माण गरिएका सडकहरुमा सवारी साधान चलाउँदा सवारी दुर्घटना बढेको तथ्याङ्क कर्णाली प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

मुगु र सल्यानमा ठूलो मानवीय क्षती हुनेगरी चालु आर्थिक वर्षमा सवारी दुर्घटना भएका थिए । प्रहरीले सार्वजनिक गरेको विवरणमा ६ महिनाको अवधिमा ११८ जना नागरिकले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । यो अवधिमा ५१५ जना घाइते भएका छन् ।

दुर्घटनाको दरमा न्यूनीकरण गर्न ट्राफिक जनचेतनामूलक कार्यक्रम सात सय ६७ पटक सञ्चालन गरेर ६ लाख ६९ हजार ७९० जना लाभान्वित भएको प्रहरी रेकर्ड छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ५०१ सवारीलाई कारवाही गरेर एक करोड ७१ लाख ९७ हजार पाँचसय राजश्व संकलन गरिएको छ । प्रहरीले दिएको विवरणमा प्रदेशका विभिन्न ठाउँबाट २४ ओटा अवैध हतियार बरामद गरेको छ । हतियार राख्ने १५ जना व्यक्ति पक्राउ परेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×