नेसन्स लिग: नेदरल्याण्डको अपराजित यात्रा कायमै

काठमाडौँ - यूईएफए नेसन्स लिगमा नेदरल्याण्डले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। गएराति भएको खेलमा पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै नेदरल्याण्डले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो।

नेदरल्याण्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले १-१ गोल गरेका थिए। डेनजृद डमफ्रीले १३औं मिनेटमा डिबक्सभित्र दिएको पासमा गोक्पोले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए।

गोक्पोको गोलमा नेदरल्याण्डले पहिलो हाफमा १-० गोलले अग्रता बनाएको थियो। दोस्रो हाफको ६०औं मिनेटमा स्टेभन वर्ग वाइनले भिन्सेन्ट जान्सेनको पासमा गोल गर्दै नेदरल्याण्डको अग्रता दोब्बर बनाएका थिए।

नेसन्स लिगमा ५ खेल खेलेको नेदरल्याण्ड १५ अंकसहित शीर्ष स्थानमा रहेको छ। नेदरल्याण्डले ४ खेलमा जित र १ खेलमा बराबरी खेलेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×