काठमाडौँ। दक्षिण भारतीय कलाकार नागार्जुन अकिनेनीले आफ्नो जेठो छोरा नागा चैतन्यको सम्बन्धविच्छेद सम्बन्धी केहि बोलेका छन्। केही समय अघि नागा चैतन्य र सामान्था रुथुको सम्बन्धबिच्छेद भएको थियो। सो खबरले नागार्जुन छक्क परेको उनले जनाएका छन्।
उनले भने,'नागा चैतन्यले सामान्थाको निर्णयको सम्मान गर्यो। साथै मैले के भन्ला भनेर डराइ पनि रहेको थियो। दुवै जना एकअर्कासँग निकै नजिक रहेका थिए। तर, सम्बन्ध एकाएक टुट्न पुग्यो। चार वर्षको वैवाहिक सम्बन्धमा हामीले उनीहरु लडाइ झगडा गरेको कहिल्यै देखेनौँ। सन् २०२१ पछि भने उनीहरुबीच सम्बन्ध बिग्रिन पुग्यो।' साथै उनले दुवै जना अब आआफ्नो भविष्यतिर अघि बढ्नु पर्ने जनाएका छन्।