फिल्म ‘चिसो मान्छे’को तीन दिनको कमाइ १ करोड २८ लाख ग्रस

काठमाडौँ - स्वस्तिमा खड्का र अर्पण थापा स्टारर फिल्म ‘चिसो मान्छे’ले पहिलो सप्ताहन्तमा १ करोड २८ लाख रुपैयाँ ग्रस ओपनिङ गरेको छ। फिल्मले शुक्रबार ४१ लाख, शनिबार ६२ लाख र आइतबार २५ लाख ग्रस कमाइ गरेको छ।

सकारात्मक समीक्षा प्राप्त गरेको फिल्मको व्यावसायिक भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ। समीक्षाको प्रभाव ‘विक डेज’ र आगामी साता देखिने आशामा निर्देशक दीपेन्द्र के खनाल रहेका छन्।

उनका अघिल्ला फिल्म पशुपतिप्रसाद, आमा र धनपतिले पनि पहिलो साताभन्दा दोस्रो सातामा उच्च कमाइ गरेका थिए।

सिंगलभन्दा मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी उच्च देखिएको छ। ‘हामी सकारात्मक वर्ड अफ माउथकै आशामा छौं। यसको प्रभाव आगामी सातामा देखिन सक्छ,’ निर्देशक खनालले भनेका छन्।

फिल्म शुक्रबारदेखि नेपालसहित अमेरिका र माल्टामा पनि रिलिज भएको हो। शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा कोरोना महामारीको समयमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिको शवलाई काठमाडौंदेखि बाजुरासम्म लैजान तय गरिएको यात्रालाई पेश गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×