काठमाडौँ। गायक राजेश पायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन्। अमेरिकाको न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हातपात भएको हो। गायक राईको फेसबुकमा राखिएको भिडियोमा हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उनले माफी दिएको देखाइएको छ।
‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्विकार्नु पनि महानता हो। र, उहाँ थोरै बिरामी हुनुहुन्छ। उहाँको शीघ्र स्वास्थ्यलाभको कामना,’ राईले फेसबुकमा लेखेका छन् । साथै, राईले आगामी दिनमा दावा शेर्पालाई गालीगलौज नगर्न पनि आग्रह गरेका छन्।
भिडियो: