७०० करोड भारुमा ‘महाभारत’ बन्दै, फिल्ममा अक्षयकुमारदेखि अजय देवगणसम्म

काठमाडौँ - भारतमा अहिलेसम्म ‘महाभारत’मा आधारित एउटा मात्र फिल्म बनेको छ, जसमा प्रदीपकुमार, पद्मिनी र दारासिंहले अभिनय गरेका छन्। जी नाडियावालाले यसलाई निर्माण गरेका थिए।

‘हेराफेरी’ र ‘वेलकम’ निर्माण गरेका उनका छोरा फिरोज नाडियावालाले ‘महाभारत’लाई पुनः निर्माण गर्दैछन्। अहिलेसम्म पर्दामा नहेरिएको भव्यता पस्कने उनको तयारी रहेको छ।

‘महाभारत’ निर्माण सुरु भएको र भारतीय फिल्ममा अहिलेसम्मकै भव्य दृश्यभाषामा उतार्ने योजना रहेको उनले बताएका छन्। ४-५ वर्षदेखि नै पटकथा लेखन सुरु भएको प्रि-प्रोडक्सनमै २-३ वर्ष लाग्ने जनाइएको छ।

सन् २०२५ बाट छायांकन सुरु हुने जनाइएको छ। हिन्दी र अन्य भाषामा समेत निर्माण हुने फिल्मको रिलिज चाहिं सन् २०२५ को अन्त्यमा गर्ने बलिउड हंगामाले जनाएको छ।

महाभारतको सम्पूर्ण कथालाई ३ घण्टामा सुनाइनेछ। निर्माता फिरोज नाडियावाला विश्वस्त छन् कि यो फिल्मले मार्भल र डीसी फिल्महरु द लर्ड अफ द रिङ्स, गेम अफ थ्रोन्स, स्टार वार्स र ह्यारी पोर्टरजस्ता फिल्मको लागि भारतको जवाफ हुनेछ। ७०० करोड भारु बजेट रहने महाभारत अहिलेसम्मकै महंगो भारतीय फिल्म समेत हुनेछ।

फिल्मका कलाकारमा अक्षयकुमार, अजय देवगण, रणवीर सिंह, परेश रावल, नाना पाटेकर, अनिल कपुर रहने जनाइएको छ। यो कुरा जान्नु रोचक हुनेछ कि कसले कुन चरित्रमा अभिनय गर्नेछन्। निर्माताले चलेका नायिकालाई नै लिने तयारी गरिरहेका छन्। निर्देशकको खोजी भइरहेको छ।

सन् १९६५ को फिल्म महाभारत भारतीय बक्स अफिसमा व्यावसायिक रुपमा सफल भएको थियो। फिरोज र उनको समूहले यस्तै संरचनाको कथावस्तुलाई पछ्याइरहेको छ। महाभारत भारतीय फिल्मको गेम चेन्जर हुने समेत बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×