सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने

सप्तरी - सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ । 

जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कृत गरिने प्रतियोगिता मूल व्यवस्थापन समितिका संयोजक अरबिन्दकुमार झाले जानकारी दिए ।
    
अखिल नेपाल कबड्डी सङ्घका कोषाध्यक्ष समेत रहनुभएका झाका अनुसार सो प्रतियोगिता राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरको परिसरमा सञ्चालन हुने छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×