कालिकोट - कालिकोटमा मलामी गएका १५ जना बेपत्ता भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ।
कालिकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका हुन्। उनीहरु स्थानीय हेमराज शाहीको अन्त्येष्टीका लागि मलामी गएका थिए।
गाउँलेले प्रहरीलाई १५ जना बेपत्ता भएको खबर गरेका थिए। प्रहरीले घटनास्थलमा गएर आफूहरुले खोजी कार्य सुरु गर्ने तयारी गरेको बताएको छ।