इटालियन सिरी ‘ए’ : एसी मिलानले अन्तिमको स्पोर्टिभा सालर्निटानासँग बाड्यो अंक

काठमाडौँ- इटालियन सिरी ‘ए’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा शीर्ष स्थानको एसी मिलानले अन्तिमको स्पोर्टिभा सालर्निटानासँग बराबरी खेलेको छ। सालर्निटानाको घरेलु मैदान स्टेडियो आर्चीमा दुवै टोली २–२ को बराबरीमा रोकिएका हुन्। 

खेलको पाँचौं मिनेटमा जुनियर मेसियसले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। २९ औं मिनेटमा फेडेरिको बोनाजोलीले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए। ७२ औं मिनेटमा मिलान डुरिचले गोल गरेपछि सालर्निटानाले २–१ को अग्रता लियो । ७७ औं मिनेटमा एन्ट रेबिकले गोल गर्दै मिलानलाई २–२ को बराबरीमा ल्याए।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोलीले अंक बाँडे। यो नतिजासँगै २६ खेलमा ५६ अंक जोडेको मिलान शीर्ष स्थानमा कायम रहँदा सालर्निटाना पनि २४ खेलमा १४ अंक जोडेर अन्तिममै छ। लिग अन्तर्गतकै अन्य खेलमा साम्पडोरियाले इम्पोलीमाथि २–० को जित हात पार्दा रोमा भिरोनासँग २–२ को बराबरीमा रोकिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×